बिजनबारी रेलिङ च्याम्पियन फुटबल कप शुरू, नेपाल विजयी

बिजनबारी: विविध कार्यक्रमको साथमा आजदेखि बिजनबारीको रेलिङ च्याम्पियन कप खुल्ला नगद फुटबल प्रतियोगिता शुरु गरियो। खेलमा दार्जिलिङ जिल्ला पुलिस अधिक्षक प्रमुख अतिथिको रूपमा उपस्थिति थिए भने पुलबजार थाना प्रभारी मन्तोष सरकार, गोजमुमो उपाध्यक्ष सतीश पोख्रेल, केशव राज पोख्रेल लगायत स्थानीय खेलप्रेमी दर्शकहरुको बाक्लो उपस्थिति गरेको थियो।


आजको शुरूवात खेल प्लेयिङ सेभेन नेपाल बनाम दार्जिलिङ पुलिस माझ खेलिएको थियो, जसमा नेपाल टीम विजय बनेर अघिल्लो चरणमा प्रवेश गरेको छ। 16 प्रतिष्ठित टोलीमाझ प्रतिस्पर्धा हुने यस फुटबल प्रतियोगिताको पाइनल खेल 26 जनवरीमा हुनेछ भने फाइनलको विजेता टोलीलाई दुई लाख तथा उप-विजेता टोलीलाई एक लाख नगद राशिसहित ट्रफी प्रदान गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *