बिजनबारी रेलिङ रोडको भित्ता चाँड़ै बनाउनु पर्ने माग

बिजनबारी: बिजनबारी नजिकै रहेको रेलिङ साँघुको मुखैमा भित्ता खनेकोले रेलिङ मझुवा ग्राम पञ्चायतका मुख्य सड़क जोखिमपूर्ण अवस्थामा पुगिसकेको छ। बर्खाको समयमा उक्त सड़क अवरोध हुन सक्ने आशंका भएकोले आज यहीँ विषयलाई लिएर बिजनबारी मोटर स्ट्यान्डमा बिजनबारी चालक संगठन एवम् सड़क संघर्ष समितिले एउटा सभाको आयोजना गर्यो। सभामा रोडको अवस्था हेरेर चाँड़ोभन्दा चाँड़ो उक्त भित्तामा सुरक्षा वाल लगाइनु पर्ने समिति सभापति देवाशीष गुरूङले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *