बिजनबारी रोड चाँड़ो बनिनु पर्ने माग

बिजनबारी: बिजनबारी रोड गत 8 फरवरीदेखि नै बनाउने आश्वासन जीटीए र पीडब्ल्यूडीबाट दिए तापनि आजसम्म शुरू नगर्नु एउटा खेद्को विषय मान्दै बिजनबारी मोटर स्ट्यान्डमा बिजनबारी चालक संगठन अनि सड़क निरीक्षण समितिको संयुक्त पहलमा एउटा सभा गरियो। सभालाई सम्बोधन गर्दै बिजनबारी ट्रक चालक संगठन सभापति लाक्पा तामाङले भने, सड़क तुरन्त बनिनु पर्छ तर यदि यसो नभए संगठनले अर्को कदम चाल्ने छ। उनले आगामी दुई दिनभित्र पीडब्ल्यूडी कार्यालय अनि दार्जीलिङ जिल्ला पालसित पनि यसै विषयलाई लिएर भेटवार्ता गर्ने पनि बताएको छ। सभालाई संगठन सभापति देवाशिष गुरूङ अनि सड़क निरीक्षण समिति सभापति धिरेन गुरुङले पनि सम्बोधन गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *