बिजनबारी समष्टिका भाजपा र गोरामुमो समर्थकहरूद्वारा अजय एडवर्डलाई समर्थन

दार्जिलिङ : बिजनबारी समष्टिका धेरैजना मानिसहरूले आज दार्जिलिङमा सामाजिक कार्यकर्ता अजय एडवर्डसित भेट गरे। यस भेट अवधि विशेष गरेर भाजपा र गोरामुमोका सदस्यहरूले आफ्नो पार्टी त्यागेर अबदेखि अजय एडवर्डलाई समर्थन जनाएको घोषणा गरे। आज भेटघाट गर्न आउने तथा एडवर्डलाई समर्थन जनाउनेहरूमा बिजनबारी क्षेत्रका बड़ारे, सिरिसे, कोलबुङ, बिहिबारे र कैजलेका मानिसहरू सामेल थिए। अजय एडवर्डले दार्जिलिङ पहाडका विभिन्न ठाउँहरूमा गएर असहाय, रोगी, विपन्न परिवारका मानिसहरूलाई पुर्‍याउँदै आइरहेको सहयोग तथा सामाजिक कार्यहरू देखेर नै आफूहरू प्रभावित बनेर तिनलाई समर्थन गर्ने निर्णय लिएको कुरा अमित लिम्बूले यस अवधि बताए। अजय एडवर्डका सुझाउहरू लिएर अब गाउँ-घरमा गएर सबै सदस्यहरूसितै अझै सरसल्लाह लिएपछि व्यापक रूपमा समर्थन जुटाउने कार्य गरिने कुरा लिम्बूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *