विजयी छात्रा प्रगति खनाललाई स्कुलले जनायो सम्मान

मिरिक: जिल्ला स्तरीय एथलिट मीट २०२०-मा ज्याभलिङ थ्रो (भाला हान्ने) प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेर काँस्य पदक विजेता बाह्रौ श्रेणीका छात्रा प्रगति खनाललाई भव्य सम्मान जनाइयो। मिरिकको पुटुङ माध्यमिक बिद्यालयमा हाल बाह्रौ श्रेणीमा अध्ययनरत् छात्रा प्रगति खनालको विजयमा खुशी व्यक्त गर्दै स्कूल पक्षबाट सह शिक्षिका नयनकला मोक्तानले तिनलाई आज खदा-माला लगाइ दिएर सम्मान जनायो। यस अवसरमा उपस्थित तिनकी आमालाई पनि स्कूलको पक्षबाट खदा-माला लगाई दिए। यसको साथै खेलकुद शिक्षक मन्दीप रिजालले पनि तिनलाई शुभेच्छा प्रकट गर्दै खेलामा विजयी बनेर आफ्नो स्कूलको नाम उच्च गरेकोमा बधाईं दिँदै भव्ष्यको निम्ति अग्रिम शुभकामना व्यक्त गरे। प्रगति खनालले खेलालाई नै शिक्षाको माध्यम बनाएर भविष्यमा फिजिकल एडुकेसन लिएर पढने ईच्छा व्यक्त गरेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *