विजयी तृणमूल प्रार्थी विनय तामाङले आफ्नो समष्टिका जनता अनि मुख्यमन्त्रीलाई दिए धन्यवाद

दार्जिलिङ (निसं) : आज भएको मतगणना अनुसार जीटीए चुनाउमा दार्जिलिङको ऋषिहाट ब्लुमफिल्ड समष्टिबाट तृणमूल कङ्ग्रेसको प्रार्थी विनय तामाङ विजय बनेका छन्। तिनले आफ्नो समष्टीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र हाम्रो पार्टी-का प्रार्थीहरूलाई पराजित गर्न सफल भएका छन्। चुनाउमा आफ्नो जीतपछि पत्रकारहरूसित कुराकानी गर्दै तृणमूल कङ्ग्रेस तथा ऋषिहाट ब्लुमफिल्ड समष्टिबाट विजयी प्रार्थी विनय तामाङले जीतको निम्ति समष्टिका सबै जनतालाई धन्यवाद दिएका छन्। यसको साथै तिनले राज्यकी मुख्यमन्त्री एवम् तृणमूल कङ्ग्रेसको सुप्रिमो ममता ब्यानर्जी र पार्टी हाई कमान्डलाई पनि विशेष आभार प्रकट गर्दै धन्यवाद दिएका छन्। यो जीत ऋषिहाट ब्लुमफिल्ड समष्टीको मात्र होइन तर सम्पूर्ण पहाड़ तराई-डुवर्सको रहेको दावी गर्दै किनभने आफ्नो चुनाउ घोषणा पत्रमा जमीनको अधिकार विषयमा रहेको साथै जनताको जमीनको अधिकारको लागि आफुले कार्य गर्ने पनि बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *