बिजुली बत्ती नभएर अनलाइन क्लास गर्ने विद्यार्थीहरू असुविधामा

खरसाङ: बिजुली बत्तीको अनियमितताले अनलाइन क्लास गर्ने विद्यार्थीहरू धेरै असुविधामा परेका छन्। वर्तमान समय कोरोना भाइरसको दोस्रो लहरले लक डाउन चलिरहेको छ। स्कूलहरू बन्द छन् भने विद्यार्थीहरू घरमै बसेर अनलाइन क्लास गराईरहेका छन्। यस्तो स्थितिमा  बिजुली बत्ती नहुनु भनेको विद्यार्थीहरूको लागि पढ़ाईमा बाधा हुनु जस्तै हो।  अहिले सबै विद्यार्थीहरूले मोबाइल फोनमा नै अनलाइन क्लास गरिरहेका छन् अनि मोबइलको चार्च हुनु अनिवार्य हुन्छ । तर बिहानदेखि दिनभरि बिजुली बत्ती सर्वराह नहुनु भनेको विद्यार्थीहरूका लागि क्लास गर्नु नपाउनु नै हो। यस्तै परस्थिति अहिले खरसाङको तीनधारे क्षेत्रमा रहेको छ। तीनधारे क्षेत्रमा बिजुली गायब हुने चलन नयाँ भने होइन, बिजुली जाने आउने प्रथा धेरै पुरानो हो तर बिजुली बत्ती सर्वराह नहुनु मात्रै होइन बिजुली बत्ती जानुसाथ मोबाइलको नेटवर्क हराउने चलन तीनधारेमा चल्दै आएकै हो। यस तर्फ ठोस कदम चालिनु पर्ने आवश्यकता सबैलाई थाहा भएपनि व्यवहारिक रूपमा विभाग समक्ष कार्य गराउन बाध्य बनाउनेतर्फ भने ध्यान गएको छैन झैं छ तीनधारेमा। बुधवार तीनधारेमा दिनभरि बत्ती जाँदा विद्यार्थीहरूले अनलाइन क्लास गर्न पाएनन् र कतिजना नानीहरू बिजुली बत्ती नभएको कारणले अनलाइन क्लास गर्न नपाउँदा रुँदै बसेको पनि जानकारी प्राप्त भएको छ। अब बिजुली नानीहरूको अनलाइन क्लासको लागि भिलेन हुन थालेको छ तीनधारे क्षेत्रमा। यस विषयमा तीनधारेबाट एकजना समाजसेवी दिपक प्रधानले बुधवार दिनभरि बिजुली बत्ती नभएको कारणले विद्यार्थी नानीहरूले अनलाइन क्लास गर्न नपाएको र नानीहरू त्यसै रुँदै बसेको पनि बताएका छन्। उनले बिजुली बत्ती सर्वराहको लागि ( सहायक अभियन्ता) एईलाई फोन गरेर सम्पर्क गर्दा फोन नलागेको र बिजुली बत्ती विभागको अभियन्ता एई ( सहायक अभियन्ता) जस्तो जिम्मेवार पदमा रहने व्यक्तिको फोन किन नलागेको भनी प्रश्न गरेका छन्। उनले यो समय कोरोनाको महामारीमा विद्यार्थी नानीहरू घरमै बसेर अनलाइन क्लास गराईरहेको र यसको लागि बिजुली बत्ती सर्वराह अनिवार्य रहेको बताउँदै विभाग समक्ष सठीक समयमा बिजुली बत्ती सर्वराहको लागि निवेदन पनि गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *