बिजुली कर्मचारीहरूको समस्याबारे राजनीति पार्टी अघि आइदिने अस्थायी विद्युत कर्मचारीको माग

बिजनबारी: कोरोना महामारीको समयमा पनि आफुहरुले ज्यानको बाजी लगाएर लगातार उपभोक्ताहरू समझ विद्युत सेवा पुऱ्याइ रहे तापनि आफुहरुको पक्षमा सरोकारवाला अथवा कुनै पनि राजनीति दलहरूले नबोलिदिएको बिजनबारी विद्युत  केन्द्र अधिनस्थ हिमाली कम्पनीमा खटिएका एकजना अस्थायी कर्मचारीले दुखेसो पोखेका छन्। तिनले भने, केही समय विद्युत सेवा बन्द भएमा राजनैतिक पार्टीका प्रतिनिधिहरु बिभागमा धरना दिन पुग्छन् तर हाम्रो समस्याहरु तिनीहरू बुझदैनन्। आफुहरु एकदमै न्यून ज्यालामा ज्यानलाई जोखिममा हाल्दै काम गरेको जानकारी दिँदै आफुहरुको न्यायको पक्षमा बोलिदिने सम्पूर्ण पार्टी प्रतिनिधि लगायत सरोकारवालालाई तिनले अपील गरेका छन। स्मरण रहोस्, दार्जिलिङ पहाडसँगै राज्यभरीका विद्युत कर्मचारीहरु आफ्नो विभिन्न मागलाई पुरा गर्ने भन्दै पटक पटक आन्दोलनमा उत्रिएको भए तापनि हालसम्म तिनीहरूले अस्थायी रूपमा 10 हजारभन्दा कम तलबमा काम गर्दै आइरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *