बिजुलीको झट्का लागेर एकजना श्रमिकको मृत्यु

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको कालचिनी लताबारी इलाकामा बिजुलीको झट्का लागेर एकजना श्रमिकको मृत्यु भएको छ। मृतक श्रमिक हेमिल्टनगञ्ज निवासी रवि दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज रवि दास लताबारी इलाकाको एउटा घरको छतमा काम गरिरहेको समय अचानक ग्यारह हजार भोल्टको बिजुलीको झट्का लाग्दा छतबाट तल झरेको बताइएको छ। घटनापछि तत्कालै उद्धार गरेर लताबारी अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकले तिनलाई मृत घोषित गरिदिए। अर्कोतिर, घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *