बिजुलीको बील भुक्तान गर्न खरसाङमा मंगलवारदेखि अतिरिक्त काउन्टर, बील बुझाउने मियाद बढ्यो 15 दिसम्बरसम्म

खरसाङ (निसं) : खरसाङमा आज बिजुली बत्तीको बील बुझाउनेहरूको भीड़ देखियो। आज खरसाङमा बिजुली बत्तीको बील भुक्तान गर्ने मानिसहरूको भीड़ देखेपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बिजुली बत्तीको बील भुक्तानको लागि अतिरिक्त काउन्टर खोलिदिने अनुरोध गर्दै विद्युत विभागको डीई-लाई भेट गऱ्यो। बिजुली बत्तीको बील भुक्तानको लागि खरसाङ बजारको भुक्तान केन्द्रमा मानिसहरूको भीड़लाई मध्य नजर राख्दै भोलिदेखि खरसाङ नगरपालिकाको माथिल्लोपट्टि अर्को भुक्तान केन्द्र शुरु गरिने भएको छ। यस विषयमा भागोप्रमो खरसाङ महकुमा समितिको सभापति एवम् जीटीए जन सम्पर्क अधिकारी सुवास प्रधानले खरसाङ बजारमा बिजुली बत्तीको बील भुक्तानको लागि भीड़लाई मध्य नजर राख्दै नगरपालिकाको माथिल्लोपट्टि अर्को भुक्तान केन्द्र शुरु गरिने साथै आगामी 15 दिसम्बरदेखि समयसीमा बढ़ाउने अनुरोध गरेको र त्यसको पनि सुनवाई भएर समयसीमा बढ़ाइने भएको पनि जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *