बिजुलीको बीलमा वृद्धिविरुद्ध लगायत अन्य मागलाई लिएर सीपीआईएम-द्वारा विक्षोभ प्रदर्शन

सिलगढी : विद्युत बील कम्ती गर्नुपर्ने लगायत अन्य मागहरू लिएर आज सीपीआईएमको एनजेपी एरिया कमिटीले यहाँको गेज बजार विद्युत कार्यालय अघि धरना प्रदर्शन गर्यो। सीपीआईएम एनजेपी एरिया कमिटीको तर्फबाट लकडाउनको कारण हाल साधारण मानिसहरूको आर्थिक समस्याले जुझिरहेका छन्। यस्तो परिस्थितिमा बिजुलीको बढ्दो बील लगायत विभिन्न सामग्रीहरूको मूल्यमा वृद्धि भएकोले गर्दा मानिसहरू झन समस्यामा परेका छन्। यसैले चाँडै बिजुलीको बील लगायत प्रयोजनीय सामग्रीहरूको मूल्य वृद्धिमा ह्रास गर्नुपर्ने मागलाई लिएर आज तिनीहरूले उक्त धरना प्रदर्शन गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *