बिजुलीको करेन्ट लागेर वन्य प्राणीहरूको मृत्यु रोक्न राजगञ्जमा वन विभागको बैठक

राजगञ्ज : बिजुलीको करेन्ट लागेर वन्य प्राणीहरूको मर्ने गरेकोले यसको रोकथाम गर्न आज राजगञ्जको बोदागञ्ज वन विभागको गेस्ट हाउसमा एउटा बैठक सम्पन्न भयो। वन बस्ती तथा वन संलग्न इलाकामा कृषक र चियाकमानका मालिकहरूले वन्य प्राणीबाट आफ्नो फसल बचाउनको लागि बिजुलीको तार तथा ब्लेडतारले बेरा लगाउने गर्दछन्। यसले गर्दा वन्य प्राणीहरू घाइते हुनको साथै मर्ने पनि गर्दछ। बिजुलीको करेन्ट लागेर धेरैवटा हात्ती मरिसकेको छ। केही दिन अघि गजलडोबा इलाकाको टाकीमारी तटमा बिजुलीको करेन्ट लागेर एउटा हात्ती मरेको थियो। यसैले वन्य प्राणीहरूको मृत्यु रोक्ने उद्देश्य लिएर वन विभागका अधिकारीहरूले आज एउटा बैठक गरेर वन संलग्न इलाकाका मानिसहरूलाई सचेतन पनि गराए। यस विषयमा एपीसीसीएफ उज्ज्वल घोषले बताएअनुसार वन बस्ती इलाकाहरूमा मानिसहरूको आबादी बढ्दै गइरहेकोले गर्दा हात्ती हिड्ने कोरिडरहरू बन्द हुँदै गइरहेको छ। यसको साथै आहारको खोजीमा हात्ती लगायत अन्य वन्य प्राणीहरू आवासिय इलाकाहरूमा पस्ने गर्दछ। यसैले वनवस्ती तथा वन संलग्न इलाकाहरूमा मानिसहरूले धेरैले आफ्नो फसलहरू बचाउनको लागि बिजुलीको तारको बार लगाउने गरेकोले वन्य प्राणीहरू करेन्ट लागेर मर्ने गर्दछ। वन्य प्राणीहरूको मृत्यु रोक्नको लागि वन परिचालित कमिटी तथा वन बस्ती निवासीहरूलाई लिएर एउटा सचेतनता शिविरको पनि आयोजना गरियो। यस अवसरमा एपीसीसीएफ उज्ज्वल घोष, सीसीएफ समीर गजमेर, बैकुण्ठपुर वन विभागका डीएफओ हरिकृष्णन, एडीएफओ जयन्त मण्डल, मञ्जुला तिर्की लगायत सालुगढा, डाबग्राम, आमबारी र बेलाकोवा रेञ्जका अधिकारीहरू उपस्थित थिए। यसबाहेक जलपाईगढी जिल्ला परिषदका सभाधिपति उत्तरा बर्मन, राजगञ्जका विधायक खगेश्वर राय, राजगञ्ज पञ्चायत समितिका सभापति पूर्णिमा राय, विद्युत सर्वराह विभागका अधिकारीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes