बिजुलीको करेन्ट लागेर महिलाको मृत्यु

कुचबिहार :   कुचबिहारको शीतलकुची ब्लकको पूर्व सर्वेश्वर जयदुवा गाउँमा बिजुलीको करेन्ट लागेर एउटी गृहिणीको मृत्यु भएको छ। मृतक महिला 40 वर्षीय सान्तना बर्मनको रूपमा चिन्हित गरिएको छ। मृतकका परिवारका सूत्रले दिएको जानकारीअनुसार आज बिहान भान्साघरमा सान्तनालाई बिजुलीको करेन्ट लागेपछि तत्कालै उद्धार गरेर शीतलकुची ब्लक प्राथमिक स्वास्थ्य केन्द्रमा लगे तापनि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ। घटनाको खबर पाएर शीतलकुची थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि माथाभाङ्गा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *