बिजलीको झट्का लागेर व्यक्तिको मृत्यु

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको कुमारग्राम ब्लक अन्तर्गत हिन्दू बस्ती इलाकामा बिजुली झट्का लागेर जीतु अधिकारी नाम गरेको एकजना व्यक्तिको मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार आज दिउँसो जीतु हिन्दू बस्ती इलाकाको एउटा घरमा काम गरिरहेको समय बिजुली तारको सम्पर्कमा आउँदा करेन्ट लागेपछि स्थानीय मानिसहरूले तत्कालै तिनलाई उद्धार गरेर कमाख्यागढी ब्लक प्राथमिक स्वास्थ्य केन्द्रमा लगे तापनि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको खबर पाएर कमाख्यागढी आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *