बिजुलीको झट्काले महिलाको मृत्यु

जलपाईगढी : खेतमा पानी हालिरहेको समय बिजुलीको झटकाले एउटी महिलाको मृत्यु भएको छ। उक्त घटना मालबजार ब्लकको चापाडाङ्गा ग्राम पञ्चायतमा घटेको हो। मृतक महिला स्वपना सरकारको रूपमा चिन्हित भएको छ। प्राप्त जानकारीअनुसार स्वपना सरकार आज बिहान आफ्नो घर नजिकको खेतमा पानी हालिरहेको समय पानीको पम्पबाट तिनलाई बिजुलीको झट्का लाग्दा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *