बिजुलीको पोल ढल्ने अवस्थामा, गाउँलेहरू चिन्तित

सुकेपोखरी: जोरबङलो सुकेपोखरी खण्डको पोख्रेबुङ ग्राम पञ्चायत दुई अन्तर्गत समरीपानी टप लाइनमा जड़ान गरिएको बिजुलीको फलामको पोल कुनै पनि दिन ढल्न सक्ने अवस्थामा पुगेको छ । एकाधिक घरहरूको बीचमा रहेको उक्त फलामको पोलको फेदमा ठूलो प्वाल परेको देखिन्छ। पोलको यस अवस्थाबारे सूचित गर्दै सम्बन्धित निकायलाई पत्राचार गरिएको तथापि भए तापनि विभागबाट कुनै पहल नभएको स्थानीय सुल्तान प्रधानले बताए। दुर्घटना पर्खेर बसेको पोलको समस्या अविलम्ब सामाधान हुन आवश्यक रहेको स्थानीय मानिसहरूको पक्षमा तिनको भनाई रहेको छ । उक्त बिजुलीको पोल कुनै पनि समय ढल्न सक्ने आवस्था देखेर स्थानीय मानिसहरू दुर्घटना हुन सक्ने झरले चिन्तित बनेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *