बिजुलीको पोल गाड्दा पोल लडेर श्रमिकको मृत्यु

नक्सलबारी : नक्सलबारीको हात्तीघिसामा बिजुलीको पोल गाडिरहेको समय स्वपन सिंह नाम गरेको एकजना श्रमिकको मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार नक्सलबारीको हात्तीघिसामा बिजुलीको पोल गाड्ने काम चलिरहेको समय अचानक बिजुलीको पोल लड्दा त्यसले थिचेर घटनास्थलमै एकजना श्रमिकको मृत्यु भएको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर नक्सलबारी अस्पतालमा पठाएको छ भने भोलि शव पोस्टमार्टमको लागि पठाइने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *