बिजुलीको तारको चपेटमा परेर मर्‍यो दुईवटा हात्ती

अलिपुरद्वार : डुवर्समा दुईवटा हात्ती रहस्यमय ढङ्गमा मरेको घटना प्रकाशमा आएको छ। उक्त घटना बक्सा बाघ परियोजनाको हेमिल्टनगञ्ज रेञ्जको भूतरी इलाकामा घटेको हो। प्राप्त जानकारीअनुसार आज बिहान स्थानीय मानिसहरूले भूतरी इलाकाको सड़क किनारमा उक्त दुईवटा मरेको हात्ती देखेपछि घटनाबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर बक्सा बाघ परियोजनाका वनकर्मी घटनास्थलमा पुगेर उक्त दुईवटा मरेको हात्ती उद्धार गरेर लग्यो। उक्त मरेको हात्तीको छेउमा बिजुलीको हाई-टेन्शन लाइनको तार रहेको देखेपछि बक्सा बाघ परियोजनाका फिल्ड डायरेक्टर सुभङ्कर सेनगुप्ताले बिजुलीको तारको चपेटमा आएर दुवै हात्ती मरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *