बिजुली ट्रान्सफार्मरको उपकरण चोरी भएपछि आमबारीमा बिहानैदेखि बिजुली परिसेवा ठप्प

राजगञ्ज (निसं): बिजुली ट्रान्सफार्मरको उपकरण चोरी भएको मामिला अघि आएको छ। यसले गर्दा आज बिहानै इलाकामा विद्युत परिसेवा ठप्प बन्न पुगेको छ। बिजुली परिसेवा बन्द रहेकोले गर्दा इलाकामा मानिसहरूले धेरै असुविधाको सामना गर्नपरेको बताइएको छ। उक्त घटना आज राजगञ्ज आमबारीको सुदामगछ इलाकामा घटेको हो। बिजुली परिसेवा ठप्प रहेकोले गर्दा इलाकावासीले पीएचईको पिउने पानी समेत लिन सकेनन्। इलाकावासीहरूले बताएअनुसार आज बिहान लगभग तीन बजी इलाकामा बिजुली आपूर्ति बन्द भएपछि इलाकावासीले गएर हेर्दा इलाकाको बिजुली ट्रान्सफार्मरको केही समान चोरी भएको थियो। बिजुली परिसेवा नभएकोले गर्दा तिनीहरूले पीएचईको पिउने पानी समेत लिन सकेनन्। यसपछि घटनाबारे बिजुली आपूर्ति विभागलाई खबर दिएपछि बिजुली विभागका कर्मचारीहरू घटनास्थलमा पुगे तापनि हालसम्म बिजुली परिसेवा ठीक भएको छैन। बिजुली परिसेवा चाँडै आपूर्ति गर्ने इलाकावासीले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *