बिजुली सम्बन्धित विभिन्न समस्या समाधानको मागमा सीटू-द्वारा विरोध प्रदर्शनी

सिलगढी : बिजुलीको बीलमा वृद्धि, विद्युत विभागलाई नीजिकरण गर्ने योजनाको विरुद्ध लगायत धेरैवटा मागलाई लिएर आज दार्जिलिङ जिल्ला सीआईटीयु-द्वारा विरोध प्रदर्शनी गरियो। सिलगढीको सेभोक रोडमा सीआईटीयु-का समर्थकहरू भेला भएर विद्युत विभागको विभिन्न समस्याहरूलाई लिएर विरोध प्रदर्शनी गरे। यसपछि फेरि विद्युत विभागीय कार्यालय अघि पुगेर तिनीहरूले विभिन्न विद्युत सम्बन्धी समस्यालाई लिएर विरोध प्रदर्शनी गरे। वर्तमान समय कोरोनाको महामारीले गर्दा अधिकजसो व्यापार वाणिज्य लगायत नीजि क्षेत्रमा काम गर्ने मानिसहरूले धेरै आर्थिक समस्याको सामना गर्न परिरहेको बेला अर्कोतिर विद्युत बील लगायत अन्य समस्याले मानिसहरूलाई अझ धेरै असुविधा भइरहेको छ। संगठनका कार्यकर्ताहरूले बताएअनुसार जबसम्म बिजुली सम्बन्धित आफूहरूको माग पुरा नभएसम्म उक्त आन्दोलन जारी रहनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *