बिजुली सेवा स्वाभाविक राखेर भूमिगत केवल परिसेवाको कार्य गरिने,  मेयरले गरे बैठक

सिलगढी (निसं): मेयर गौतम देवले सिलगढीलाई स्मार्ट सिटी बनाउने पहल गरेको छ। सहरमा बिजुलीको तारहरू हटाएर त्यसलाई भूमिगत गर्ने लक्ष्यको साथमा नगरनिगमले कार्य गर्ने भएको छ। यसैलाई लिएर आज मेयर गौतम देवले बिजुली वितरण विभागसित एउटा बैठक गरे। उक्त बैठकपछि मेयर भने, सिलगढी सहरलाई सुन्दर बनाउने तथा दुर्घटनाहरू रोक्ने उद्देश्यले उक्त पहल गरेको हो। पहिलो चरणमा मोठ 17 वार्डमा भूमिगत केवल सेवा शुरू गरिनेछ। यस कार्य शुरू गर्नको लागि सबैभन्दा पहिला सहरमा रहेको बिजुलीको खुट्टीहरूलाई हटाइनेछ। विद्युत सेवालाई स्वाभाविक राखेर कसरी उक्त कार्य  गर्न सकिन्छ भन्ने सोचको साथमा अघि बढिरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *