विकासको निम्ति काम गर्ने मौका दिनुहोस्: केशव राज पोख्रेल

सुकेपोखरी: हामी ढाटेर भोट माग्न आएका होइनौ। हारेर पनि जसले विकाश गऱ्यो, जसले युनिभर्सिटी ल्यायो, उसलाई अझ काम गर्ने मौका दिनुहोस र सिटीको चिन्हमा मतदान गरेर विजयी बनाएको खण्डमा कोलकातामा गएर जनताको निम्ति सिटी बजाउनेछु भन्दै केशवराज पोख्रेलले बताए। चुनाउ प्रचारको क्रममा नागरी धजे र पोख्रेबुङ चामोङ समष्टि भ्रमणमा आएको दार्जीलिङ आसनका गोजमुमो विनय खेमा प्रार्थी केशवराज पोख्रेलले मतदान गर्ने अपील गर्दै जितेको खण्डमा समस्याहरूको समाधान गरिदिने आश्वासन दिए।


तिनले जनतासित साड़े तीन वर्ष बस्दा आफुहरू समक्ष आएको विभिन्न समस्याहरूलाई फिल्टर गरेर बनाएको चुनावी घोषणा पत्रमा लेखिएका कुराहरू निश्चित रूपमा पुरा गर्नेछौं भनी बताए। तिनले मेडिकल कलेज, पर्जा पट्टा, सा-साना रोजगारको विषयहरूमा विशेष रूपले काम गरिने तिनले बताए। चिया श्रमिकको हितमा मिनिमम् वेजेस एक्ट लागु गर्नेबारे पनि विशेष पहल गरिने तिनले बताए। तिनलाई आज विभिन्न क्षेत्रमा समर्थकहरूले भव्य स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *