विकास नगरेको आरोपमा वार्डवासीहरूद्वारा काउन्सिलरलाई घेराउ

सिलगढी : सिलगढी नगरनिगमको 41 नम्बर वार्डका मानिसहरूले नागरिक परिसेवा नपाएको, वार्डमा जताततै फोहोर मैला थुप्रिएको, सडक र नालीको अवस्था बेहाल रहेको जस्ता आरोप लगाउँदै आज बिहान स्थानीय काउन्सिलरलाई घेराउ गरेर विरोध प्रदर्शनी गरे। उक्त वार्डका काउन्सिलरले गत 5 वर्षदेखि कुनै कार्य नगरेको स्थानीय मानिसहरूको आरोप रहेको छ। राज्यभरि नै विकासमूलक कार्यहरू भइरहे तापनि सिलगढीको 41 नम्बर वार्डमा कुनै प्रकारको विकास कार्य नभएको स्थानीय निवासी रतन देवनाथले बताए। आफ्नो वार्डमा कुनै प्रकारको विकास कार्य नभएपछि नै आफूहरू आज बाध्य भएर वार्डका सबै मानिसहरूलाई साथमा लिएर स्थानीय काउन्सिलरलाई घेराउ गरेर विरोध प्रदर्शनी गरेको तिनले बताए। अर्कोतिर, काउन्सिलर रवि दासले उक्त इलाकामा विकास कार्य जारी रहेको दावी गर्दै सडक र नालीको लागि टेन्डर पास भइसकेको केवल समयको अपेक्षा रहेको तिनले बताए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *