विकास पार्टीले होइन, सरकारले गर्छ : गोरामुमो

सोनादा: गोरामुमो सोनादा टुङ्ग समष्टि, सोनादा टाउन कमिटी साथै बालासन शाखाका प्रतिनिधिहरुको उपस्थितिमा सोनादा नेहुर बालासनमा सभा सम्पन्न भयो। सभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै खरसाङ ब्राञ्च कमिटीका उपाध्यक्ष सुरेन तामाङले भने, केन्द्र सरकारमार्फत आएको जति पनि बिकासका योजनाहरु छन् ब्लक मार्फत गाउँ घरमा आउँछन् । तर ती योजनाहरु हाम्रो पार्टीले दिएका हुन् भनी गाउँ घरका सोझो जनतालाई झुक्याएर कमिटी गठन गर्दै झण्डा समाउन लगाउने राजनीति बन्द गर्नु पर्छ । बिकास कुनै पनि पार्टीले गर्न सक्दैन । बिकास सरकारले गर्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *