बाइक अनियन्त्रित भएर एउटा सानो मालवाहक वाहनसित ठोक्किँदा 2 जना गम्भीर घाइते

सिलगढी (निसं): तीव्र गतिमा गइरहेको बाइक अनियन्त्रित भएर एउटा सानो मालवाहक वाहनसित ठोक्किँदा दुई जना घाइते भएका छन्। उक्त घटना आज सिलगढीको प्रधान नगर थाना अन्तगर्त उत्पल नगर नजिक भएको हो। प्राप्त जानकारी अनुसार बाइकमा सवार भएर दुईजना व्याक्ति तीव्र गतिमा देवीडांगाबाट चम्पासरीतर्फ आरहेको समय विपरित दिशाबाट आइरहेको एउटा सानो मालवाहक वाहनसित सोझै ठोक्कियो। उक्त दुर्घटनामा मालवाहक वाहन बीच सड़कमैं पल्टियो भने बाइक पनि क्षतिग्रस्त भएको छ। यसको साथै बाइकमा सवार दुवै जना गम्भीर रूपले घाइते भएका छन्। दुर्घटना पछि घाइतेहरू दुवैलाई प्राथमिक चिकित्साको लागि स्थानीय मानिसहरूले नजिकैको अस्पतालमा लगे। उक्त दुर्घटनाले गर्दा केही समयसम्म यातायात परिसेवा पूरण रूपले ठप्प बन्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.