बाइक अनियन्त्रित भएर जलाशयमा पस्दा युवक गम्भीर रूपमा घाइते

राजगञ्ज : सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने राजगञ्जको करोतोया इलाकामा बाइक अनियन्त्रित भएर सडक नजिकको जलाशयमा पस्दा एकजना युवक गम्भीर रूपमा घाइते भएका छन्। घाइते युवक फालाकाटा निवासी 22 वर्षीय विभास बर्मनको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार विभास बर्मन बाइकमा सवार भएर फाटापुकुरदेखि सिलगढीतर्फ गइरहेको समय करोतोया इलाकामा बाइक अनियन्त्रित भएर सडक नजिक रहेको जलाशयमा पस्दा तिनी गम्भीर रूपमा घाइते भएका छन्। स्थानीय मानिसहरूको सहयोगमा गम्भीर घाइते अवस्थामा विभास बर्मनलाई उद्धार गरेर राजगञ्ज ग्रामीण अस्पतालमा पठाएपछि त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर बाइक उद्धार गरेर घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *