बाइक छिनताई गर्न आउने युवक पक्राउ

इस्लामपुर : बाइक छिनताई गर्ने प्रयास गरेको आरोपमा पुलिसले एकजना युवकलाई धारिलो हतियारसहित पक्राउ गरेको छ। उक्त युवक बिहारको पुर्णिया जिल्ला निवासी जफर आलमको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रबाट पाएको जानकारीअनुसार आज दिउँसो उक्त युवक चाकुलिया थाना अन्तर्गत कानकी पुलिस थाना इलाकाको मटियारीमा बाइक छिनताई गर्ने योजना बनाइरहेको समय स्थानीय मानिसहरूले पक्राउ गरेको बताइएको छ। स्थानीय मानिसहरूले उक्त युवकलाई कानकी पुलिसलाई सुम्पिदिएको छ। यस घटनामा अन्य व्यक्तिहरू संलग्न रहेको हुनसक्ने आशंका पुलिसले उक्त युवकसँग सोधखोज गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *