बाईक चोर गुटका तीनजना सदस्य बिहारबाट पक्राउ

सिलगढी: सिलगढीको मतिगढा थाना पुलिसले बाईक चोर गुटका तीनजना सदस्यलाई बिहारको कटिहारबाट पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा विकास जादव, सुरज जादव र राजु जादव सामेल छन्। पुलिस सूत्र अनुसार बाईक चोरीको एउटा मामिलामा मतिगढा थाना पुलिसले गुड्डु नाम गरेका एकजना युवकलाई पक्राउ गरेको थियो। आरोपीलाई अदालतमा पेश गरेपछि सात दिनको हिरासतमा लिएर पुलिसले सोधखोज गर्दा बाईक चोरी गुटका अन्य सदस्यहरूको नाम पनि प्रकाशमा आएपछि बिहारबाट पुलिसले तीनजनालाई पक्राउ गरेको हो। आज तीनैजना पक्रा परेका आरोपीलाई सिलगढी अदालतमा पेश गरेपछि पुलिस हिरासतमा पठाइएको छ।    


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *