बाइक चोरी गरेको आरोपमा युवक पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले बाइक चोरी गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक विजय साहाको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार एनजेपी स्टेसन परिसरको पार्किङबाट समय-समयमा बाइक चोरी हुने गर्दथ्यो। गत 6 नोभेम्बरमा पनि उक्त पार्किङबाट सिलगढीको 36 नम्बर वार्ड निवासी देवव्रत साहको बाइक चोरी भएको थियो। यसपछि घटनाबारे एनजेपी थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले विजय साहालाई पक्राउ गरेको बताइएको छ। तथापि, चोरी गरिएको बाइक हालसम्म उद्धार गरिएको छैन। आज आरोपी युवकलाई जलपाईगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *