बाइक चोरी गरेको आरोपमा एकजना पक्राउ

सिलगढी :  बाइक चोरी गरेको आरोपमा एनजेपी थाना पुलिसले अब्बास अली नाम गरेको व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार एनजेपी थाना पुलिसले सादा पोसाकमा अभियान चलाएर हिजो फुलबारीको जटियाकालीबाट उक्त व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार अब्बास अली धेरै समय अघिदेखि नै बाइक चोरीको मामिलामा सामेल रहेको साथै थानामा तिनीविरुद्ध केही मामिलाहरू दर्ता रहेको छ। आरोपी अब्बासलाई आज जलपाईगढी अदालतमा पेश गर्नको साथै 7 दिनको पुलिस हिरासतमा राख्ने आवेदन गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *