बाइक चोरी गर्ने गुटका एकजना पक्राउ

सिलगढी : बाइक चोरी गर्ने गुटको एकजना सदस्यलाई सिलगढीको प्रधान नगर थाना पुलिसले पक्राउ गरेको छ। पक्रा परेका युवक उत्तर प्रदेशको सहारनपुर निवासी 22 वर्षीय मुर्सलिनको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार प्रधान नगर थाना पुलिसले सादा पोसाकमा हिजो अभियान चलाउँदा हरियाणा नम्बर भएको एउटा बाइक जङ्क्शन नजिक देखेपछि सन्देह लागेर उक्त बाइकलाई रोकेर चालकसित लाइसेन्स तथा आवश्यक कागजपत्र मागे। चालकले बाइकको वैध कागजपत्र तथा लाइसेन्स देखाउन नसकेपछि पुलिसले उक्त युवकलाई पक्राउ गरेको छ। प्राथमिक जाँच अवधि पुलिसले उक्त बाइक हरियाणाबाट चोरी गरेको थाहा पाएको बताइएको छ। पक्रा परेका युवकविरुद्ध मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *