बाइक चोरी गर्ने गुटका 2 जना सदस्य पक्राउ

सिलगढी : एसओजीले बाइक चोरी गर्ने गुटका 2 जना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा पर्नेहरू क्रमैले अनिल साह (25) र राजेश सिङ्घो (26) सामेल छन्। एसओजी-ले दिएको जानकारी अनुसार, क्रेता बनेर एसओजी-ले चोरी गरेको बाइक किन्ने बहानामा तिनीहरूसित सम्पर्क गरेपछि 2 वटा बाइक किन्ने कुरा फाइनल गरे। यसपछि उक्त गुटका 2 जना सदस्य अनिल साह र राजेश सिङ्घोले कुचबिहारबाट 2 वटा बाइक लिएर सिलगढीको मतिगढा आइपुगेपछि एसओजी-को टोलीले तिनीहरूसित बाइकको कागजपत्र माग्दा सो देखाउन नसकेपछि ती दुईजना युवकलाई पक्राउ गरेर मतिगढा थाना पुलिसलाई सुम्पिदिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *