बाइक चोरी गर्ने गुटका नाइके पक्राउ

सिलगढी :  एनजेपी थाना पुलिसले बाइक चोरी गर्ने गुटका नाइकेलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। प्राप्त जानकारीअनुसार गत 27 फरवरीमा एनजेपी स्टेसन बाहिर स्कुटी राखेर सिलगढीको राधागोविन्द मन्दिरका कर्मी देवाशीष दे स्टेसनभित्र गएका थिए। यसपछि तिनी बाहिर आएर हेर्दा राखेको ठाउँमा स्कुटी नपाएपछि तिनले यता उता खोजी गरे तापनि स्कुटी नपाएपछि तिनले 28 फरवरीमा एनजेपीमा स्कुटी चोरी भएकोबारे लिखित अभियोग दर्ता गरे। अभियोगको आधारमा जाँचमा जुटेका एनजेपी थाना पुलिसले बिजय साहा नाम गरेको एकजना युवकलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार पक्रा परेका बिजय साहालाई यसभन्दा अघि पनि बाइक चोरी गरेको आरोपमा पक्राउ गरेको थियो। यसैले स्टेसन परिसरबाट स्कुटी चोरी भएको घटनामा बिजय संलग्न रहेको पुलिसले अनुमान लगाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *