बाइक चोरीको आरोपमा सिलगढीमा एकजना पक्राउ

सिलगढी : सिलगढी सहरमा बाइक चोरीको घटना दिनप्रतिदिन बढ़िरहेको छ। घटनाको जाँचमा जुटेका पुलिसले चोरी गरेको बाइकसहित धेरैजनालाई पक्राउ गरिसकेको छ। यसै क्रममा गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले सादा पोशाकमा आज साउथ कोलनीको ममतापाडा इलाकामा अभियान चलाएर बाइक चोरी गरेको आरोपमा गोविन्द सरकार नाम गरेको युवकलाई पक्राउ गरेको छ। यसपछि आरोपीसित सोधखोज गर्दा धेरैवटा बाइक चोरीको घटनामा उक्त युवक संलग्न रहेको पुलिसले थाहा पाएको बताइएको छ। आरोपी युवकलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *