बाइक दुर्घटनामा युवकको मृत्यु

खोरीबारी : बाइक दुर्घटनामा एकजना युवकको गत राति मृत्यु भएको छ। उक्त घटना एशियन हाइवे-2 को पानीट्याङ्की संलग्न सिमुलतला इलाकामा भएको बताइएको छ। प्राप्त जानकारी अनुसार गत राति बाइकमा सवार भएर खोरीबारीबाट नक्सलबारी तर्फ गइरहेको समय पानीट्याङ्कीको सिमुलतलामा पुग्दा बाइक अनियन्त्रित भएपछि एउटा दोकानमा सोझै ठोक्किँदा घटनास्थलमैं युवकको मृत्यु भयो। घटनाको खबर पाएर खोरीबारी पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गर्नको साथै पोस्टमर्टमको लागि नर्थ बेंगल मेडिकल कलेज एवम् अस्पतालमा पठाइदिएको छ। पुलिसले घटनाको छानबिन गरिरहेको बताएको छ।    


Leave a Reply

Your email address will not be published. Required fields are marked *