बाइक दुर्घटनामा सिक्किम पुलिसका जवानको मृत्यु

कालेबुङ : ड्युटी सकेर घर फर्किरहेको समय राष्ट्रिय राजमार्ग 10 अन्तर्गत पर्ने कालेबुङ जिल्लाको तार खोला 10 माइलमा मोटर साइकल दुर्घटनामा परेर सिक्किम पुलिस (आईआरबीएन)-मा कार्यरत जवान सुभाष चन्द्र छेत्रीको मृत्यु भएको छ। सूत्र अनुसार मोटर साइकल र ट्रक ठोक्किँदा मोटर साइकलमा सवार सुभाष चन्द्र छेत्रीको मृत्यु भएको हो। तिनी सिक्किम गान्तोक मिडल सियारी निवासी रहेको बताइएको छ। दुर्घटनास्थल कालेबुङ पुलिसको अधिकारमा पर्ने भएकोले पुलिसले दुर्घटनाबारे आफ्नो अनुसन्धान शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *