बाइकले वाहनलाई पछिल्तिरबाट धक्का दिँदा बाइक चालक घाइते

सिलगढी : सिलगढी संलग्न भवेश मोडको पेट्रोल पम्पअघि सडक दुर्घटनामा बाइक चालक गम्भीर रूपमा घाइते भएका छन्। प्राप्त जानकारी अनुसार आज दिउँसो पेट्रोल पम्पअघि सिग्नलमा एउटा वाहन रोकिरहेको समय एउटा बाइक द्रुत गतिमा आएर सोझै उक्त वाहनलाई पछिल्तिरबाट धक्का दिँदा बाइक चालक गम्भीर रूपमा घाइते भएको बताइएको छ। घटनामा वाहन क्षतिग्रस्त भएको छ। घाइते बाइक चालकलाई उद्धार गरेर अस्पतालमा लगियो। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर वाहन तथा बाइकलाई उद्धार गरेर थानामा लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *