बाइक पेट्रोलिङको माध्यमद्वारा सिलगढी सहरमा पुलिसको नजरदारी

सिलगढी : भोलि 15 अगस्त अर्थात् स्वतन्त्रता दिवसलाई केन्द्र गरेर सिलगढी सहरको विभिन्न ठाउँहरूमा पुलिसले नाका चेकिङ अभियान चलाइरहेको छ। स्वतन्त्रता दिवसको अवसरमा कुनै प्रकारको झै-झमेला नहोस् भन्ने उद्देश्य लिएर सिलगढी मेट्रोपलिटन पुलिसको तर्फबाट बाइक पेट्रोलिङ शुरू गरेको छ। बाइक पेट्रोलिङको माध्यमद्वारा पुलिस सहरमा विशेष नजरदारी गर्ने भएको छ। उक्त बाइक पेट्रोलिङ सिलगढीको पायल सिनेमा हलदेखि शुरू गरेर सहरको विभिन्न ठाउँहरूमा अभियान चलाउने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *