बाइक र साइकल ठोक्किँदा 2 जना गम्भीर घाइते

फुलबारी:  बाइक साइकल आपस्तमा ठोक्किँदा 2 जना व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। उक्त घटना हिजो साँझ फुलबारी क्यानल रोडस्थित पुटीमारी संलग्न इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार फुलबारी संलग्न पुटीमारी इलाकामा साइकलमा सवार भएर एकजना व्यक्ति कामबाट घर फर्किरहेको समय सडक पार गर्ने क्रममा आमबारीतर्फबाट तीव्र गतिमा आइरहेको एउटा बाइकले साइकललाई धक्का दिँदा बाइक सवार र साइकलमा सवार दुवैजना गम्भीर रूपमा घाइते भएको बताइएको छ। घटनापछि घाइतेहरूलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। साइकल सवार व्यक्ति पुटीमारी इलाका निवासी हुन्। घटनाको खबर पाएर न्यु जलपाईगढी पुलिस तथा क्यानल रोड ट्राफिक आउटपोस्ट पुलिस कर्मी घटनास्थलमा पुगेर बाइक उद्धार गरेर थानामा लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *