बाइक र लरी ठोक्किँदा सिभिक भोलेन्टियर गम्भीर घाइते

राजगञ्ज : बाइक र लरी आपस्तमा ठोक्किँदा एकजना सिभिक भोलेन्टियर गम्भीर रूपमा घाइते भएको छ। उक्त घटना आज बिहान राजगञ्ज ब्लकको सुखानी ग्राम पञ्चायतको प्रधानपाडा इलाकामा घटेको हो। घाइते सिभिक भोलेन्टियर साउदाभिटा इलाका निवासी जाहेर अलीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान जाहेर अली बाइकमा सवार भएर काममा गइरहेको समय राजगञ्जको प्रधानपाडा इलाकामा एउटा ढुङ्गा बोकेको लरी ठोक्किँदा तिनी गम्भीर रूपमा घाइते भएको बताइएको छ। गम्भीर घाइते अवस्थामा तिनलाई उद्धार गरेर राजगञ्ज ग्रामीण अस्पतालमा लगेपछि त्यहाँबाट सिलगढीको एउटा गैर सरकारी नर्सिङहोममा रेफर गरिदिएको छ। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर दुईवटा वाहन उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi giriş