बाइक र्‍यालीको माध्यमद्वारा छोटन किस्कूले गरे चुनाउ प्रचार

खोरीबारी : चुनाउ प्रचारको अन्तिम दिन आज फाँसीदेवा विधानसभा क्षेत्रका तृणमूल प्रार्थी छोटन किस्कूको समर्थनमा जोड़तोड़ले चुनाउ प्रचार गरिरहेको छ। यसै क्रममा आज विधाननगर 2 को सबै ग्राम पञ्चायत क्षेत्रहरूमा बाइक र्‍यालीको आयोजना गरियो। उक्त बाइक र्‍यालीमा प्रार्थी छोटन किस्कू, काजल घोष, सितम पाल लगायत अन्य कार्यकर्ताहरू सामेल थिए। बाइक र्‍यालीको माध्यमद्वारा प्रार्थी छोटन किस्कूको पक्षमा चुनाउ प्रचार गर्दै मतदान गर्ने अपील पनि गरियो। यस अवधि प्रार्थी छोटन किस्कूले ममता ब्यानर्जीको नेतृत्वमा सरकारले जनहितको लागि कार्य गरिरहेको बताए। चुनाउ प्रचार अवधि स्थानीय मानिसहरूबाट राम्रो प्रतिक्रिया प्राप्त भइरहेकोले चुनाउमा जीत निश्चित रहेको तिनले दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *