बाइक र पिकअप भ्यान ठोक्किँदा 2 जना घाइते

राजगञ्ज : सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको राधारबारीमा बाइक र पिकअप भ्यान ठोक्किँदा दुईजना व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। तथापि, समाचार लेखुञ्जेलसम्म घाइतेहरूको परिचय जुटाउन सकेको छैन। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज एउटा पिकअप भ्यान सिलगढीतर्फ गइरहेको समय एउटा बाइक अनियन्त्रित भएर पछिल्तिरबाट पिकअप भ्यानलाई धक्का दिँदा बाइकमा सवार दुईजना व्यक्ति गम्भीर रूपमा घाइते भएको बताइएको छ। घटनाको खबर पाएर न्यू जलपाईगढी पुलिस घटनास्थलमा पुगेर पिकअप भ्यान र बाइकलाई आफ्नो नियन्त्रणमा लिनको साथै घाइतेहरूलाई उद्धार गरेर अस्पतालमा भर्ना गराएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *