बाइक र वाहन ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

नगरकट्टा : नगरकट्टा ब्लक अन्तर्गत बन्द धरनीपुर चियाकमानको राष्ट्रिय राजमार्ग 31 सी-मा बाइक र वाहन ठोक्किँदा एकजना व्यक्तिको मृत्यु भएको छ भने अन्य दुईजना व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। प्राप्त जानकारी अनुसार आज अपरान्ह साढ़े चार बजी धरनीपुर राजमार्गमा एउटा बाइक र वाहन आपस्तमा ठोक्किँदा वाहनमा सवार एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ भने वाहन चालक र बाइक चालक गम्भीर रूपमा घाइते भएका छन्। घटनापछि स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर बानरहाट अस्पतालमा लगिएको छ। घटनाको जानकारी पाएर नगरकट्टा पुलिस घटनास्थलमा पुगेर बाइक र वाहनलाई आफ्नो नियन्त्रण लिनको साथै शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *