बाइक र वाहन ठोक्किँदा एकजना घाइते

सिलगढी : सिलगढी संलग्न गोसाईपुर नजिक एसियन हाईवे 2 मा एउटा बाइक र वाहन ठोक्किँदा बाइकमा सवार व्यक्ति घाइते भएका छन्। घाइते व्यक्ति सिलगढी निवासी निर्मल गुप्ताको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार निर्मल गुप्ता बाइकमा सवार भएर सिलगढीदेखि गोसाईपुरतर्फ गइरहेको समय द्रुत गतिमा आइरहेको एउटा वाहनले धक्का दिँदा तिनी घाइते भएको बताइएको छ। यसपछि स्थानीय मानिसहरूको सहयोगमा तिनलाई घाइते अवस्थामा उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगिएको छ। घटनाको खबर पाएर बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *