बाइक र वाहन ठोक्किँदा 2 जना घाइते

पानीघट्टा : मिरिक महकुमाको पानीघट्टा रोडमा बाइक र वाहन आपस्तमा ठोक्किँदा दुईजना गम्भीर रूपमा घाइते भएका छन्। प्राप्त जानकारीअनुसार तीव्र गतिमा आइरहेको बाइक र वाहन आपस्तमा ठोक्किँदा दुईजना घाइते भएका छन् भने तीमध्ये एकजनाको अवस्था आशंकाजनक रहेको बताइएको छ। घाइतेहरूलाई तत्कालै उद्धार गरेर उपचारको लागि नक्सलबारी अस्पतालमा लगिएको छ। घटनाको खबर पेर पानीघट्टा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *