बाइक सर्विस सेन्टरमा आगलागी हुँदा बाइकसहित सर-समानहरू जलेर नष्ट

सिलगढी: सिलगढाको  वर्द्धमान रोड संलग्न गंगानगरमा एउटा बाइक सर्विस सेन्टरमा आगलागी हुँदा इलाकामा हो-हल्ला मच्चियो। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले बाइक सर्विस सेन्टरबाट धुँवा निस्केको देखेपछि यसबारे सर्वप्रथम दमकल विभागलाई जानकारी दिए। खबर पाएर दमकलको दुईवटा इञ्जिन घटनास्थलमा पुगेर दमकल कर्मीहरूको सहयोगमा आगोलाई नियन्त्रणमा ल्याइयो।


दमकल विभाग अनुसार आगलागीमा एउटा बाइक पूर्ण रूपमा जलेर भष्म भएको छ। यसवाहेक सर्विस सेन्टरभित्रको सर-समान तथा कागज पत्रहरू पनि जलेर नष्ट भएको छ। शर्ट सर्किटको कारण आगो लागेको हुन सक्ने दमकल कर्मीहरूले आशंका गरेको छ भने आगलागीमा लाखौ रूपियाँको नोक्सान भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *