बिक्कल हेल्प डेस्कद्वारा आश्रमलाई सामग्री तथा आर्थिक सहयोग

खरसाङ: कोरोनाको महामारीमा गत वर्षदेखि नै निस्वार्थ भावनामा कार्य गरिरहेको बिक्कल हेल्प डेस्कका टोलीले खरसाङ रोहिणीमा सञ्चालित वृद्ध आश्रममा गएर केही आवश्यक सामग्रीहरु साथै आर्थिक सहयोगको रुपमा दस हजार रुपियाँ पनि प्रदान गरेको छ। यसबारे हेल्प डेस्कका संस्थापक बिक्कल राणाले जानकारी दिएका छन् । यसवाहेक, उक्त हेल्प डेस्कले धेरै सामाजिक कार्यहरू गर्दै आइरहेको छ भने आउँदो दिनहरुमा पनि विपन्न परिवार तथा सामाजिक कार्यमा सहयोग पुऱ्याउने कार्य जारी रहने तिनले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *