बील नतिरेपछि एम्बुलेन्स परिसेवा बन्द, बिमारीहरू समस्यामा

मालदा : निश्चय यान एन्बुलेन्सको बील नपाएपछि अल बङ्गाल निश्चय यान एम्बुलेन्स अपरेटर्स युनियनले परिसेवा बन्द गरिदिएको छ। ओल्ड मालदा ब्लकको मौलपुर ग्रामीण अस्पतालमा एम्बुलेन्स परिसेवा आज बन्द गरिएकोले गर्दा गभवर्ती महिलाहरूलगायत अन्य बिमारी एवम् तिनीहरूका परिवारका सदस्यहरूले धेरै समस्याको सामना गर्नुपर्यो। संगठनका सदस्यहरूको आरोपअनुसार गत धेरै महीनादेखि कुनै बील नतिरेको कारण तिनीहरूले निश्चय यान एम्बुलेन्सको खर्च उठाउन सकिरहेका छैनन्। यसैले गर्दा नै तिनीहरूले एम्बुलेन्सको बील नतिरेसम्म परिसेवा बन्द राख्ने निर्णय लिएको बताए। यस सम्बन्धमा विभागमा बारम्बार जानकारी गराए तापनि कुनै फाइदा नभएको तिनीहरूको आरोप रहेको छ। अर्कोतिर, यस विषयमा स्वास्थ्य विभागले कुनै प्रतिक्रिया नदिएको तिनीहरूको आरोप रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *