विलुप्त बन्दै गइरहेको पक्षी ‘येलो ब्रेस्टेड बन्टिङ’लाई बचाउन अघि आयो अप्टोपिक संस्था

सिलगढी: सिलगढीको स्वयंसेवी संस्था अप्टिक्सले फूलबारीलाई प्रदुषण मुक्त गर्ने अनेकौ प्रयास गरिरहेको छ। यसै क्रममा कुनै पनि बाधाबिनै देश विदेशका विभिन्न ठाउँहरूबाट आएका  प्रवासी पक्षीहरू ढुक्कैसित फूलबारी ब्यारेजमा घुमफिर गरिरहेको छ। यस पल्ट अप्टिक्सको मुल लक्ष्य येलो ब्रेस्टेड बन्टिङपक्षीको रक्षा गर्नु रहेको बताइएको छ। बंगालमा यस पक्षीलाई हलुदबुक बाघेरीको नामले चिनिन्छ। तर यस  पक्षीको लागि जागरूकताको आवश्यकता रहेको छ।  जागरूकता ल्याउनको लागि आज अप्टोपिक-ले फूलबारीमा प्रशासनिक अधिकारीहरूसित एउटा बैठक गरे। संस्थाका संयोजक दिपज्योति चक्रवर्तीको आयोजनामा सम्पन्न  बैठकमा पुलिस प्रशासनका अधिकारीहरू लगायत वनविभाग, सिंचाई विभाग तथा अन्य मानिसहरू उपस्थित थिए। गौरैया प्रजातिको यो येलो ब्रेस्टेड बन्टिङपक्षी हाल विलुप्तको संगारमा रहेकोले यसको मोठ संख्या लगभग 2500 मात्र रहेको छ। सिलगढी संलग्न कावाखालीमा यस प्रजातिको पक्षी देखा परेको छ। यसैले सिलगढीको उक्त स्वंयसेवी संस्थाले उक्त पक्षीको अस्तित्व रक्षाको लागि कठोर मेहनत गर्न शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *