बिमल खेमाको खरसाङमा पार्टीको झण्डा लगाउने कार्य आज स्थगित

खरसाङ : गोजमुमो महासचिव रोशन गिरी र दिपेन माले कोलकताबाट आज बाघडुग्रा आउने र भोलि खरसाङको जनसभालाई सम्बोधन गर्ने भएको छ। यसैले बिमलपन्थी गोजमुमोद्वारा आज खरसाङ बजारमा पार्टीको झण्डाहरू लगाउने कार्य भइरहेको समय विनय पन्थीकाहरूले पनि आफ्नो पार्टीको झण्डा लगाउन थालेपछि कुनै प्रकारको अशान्ति सृष्टि नहोस् भन्ने उद्देश्य लिएर झण्डा लगाउने कार्य रद्द गरिएको बताइएको छ। अब भोलि बिहान 9 बजेदेखि खरसाङ पुलिस थाना आईसीको निर्देश अनुसार पार्टीको झण्डाहरू लगाउने कार्य गरिने गोजमुमो बिमलपन्थी केन्द्रीय सह सचिव बिमल दर्जीले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *